scheduleशनिवार आश्विन ४ गते, २०७६

मेस्सीको ह्याट्रिक, बार्सिलोनाको सानदार जित

एजेन्सी, २५ भदौ । शनिबार राति भएको स्पेनिस लिग ला लिगामा बार्सिलोनाले इस्पानियोललाई ५-० गोलले पराजित गरेको छ ।

उक्त खेलमा लियोन मेस्सीले यस सिजनको सुरुवातसँगै पहिलो ह्याट्रिक समेत गरेका छन् ।

खेलको पहिलो मिनेट देखि नै दबाब बनाएर खेलेको बार्सिलोनाका लागि लियोनल मेस्सीले २६ औ, ३५ औ, ६७ औ मिनेटमा गोलहरु गरेका थिए ।

तीन गोलको अग्रता बनाएको बार्सिलोनाका लागि चौथो गोल भने खेलको ८७ औ मिनेटमा जेरार्ड पिकेले गरे ।

खेल सकिन केही मिनेट बाँकी रहँदा लुइज स्वारेजले पनि गोल गरे ।

यस सिजन बलियो सुरुवात गरेको बार्सिलोनाले तीन खेलमा शत प्रतिशत नतिजा निकाल्न सफल भएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage