scheduleशनिवार आश्विन ४ गते, २०७६

अमेरिकाको राष्ट्रसंघमा नयाँ प्रस्ताव- उत्तर कोरियालाई नाकाबन्दी गर

एजेन्सी, २५ भदाै ।  संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेशले  उत्तर कोरीयाले गरेको आणविक परीक्षणको घटनाले आफूलाई स्तब्ध बनाएको प्रतिक्रिया दिएका  छन् ।

उनले एक अन्तरवार्तामा भनेका  छन्– यसरी आणविक परीक्षण र त्यसमा पनि हाइड्रोजन बम नै हान्नु अत्यन्तै चिन्तापूर्ण अवस्था हो, विश्व शान्तिका क्षेत्रमा यो पछिल्ला बर्षहरुको एक सबैभन्दा नराम्रो घटना हो ।

एक फ्रान्सेली पत्रिकालाई दिएको अन्तरवार्तामा उनले यस्तो अवस्थामा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा एकता हुनपर्नेमा जोड दिएका  छन् ।

उनले भनेका  छन्– यो हतियारको प्रदर्शन हो र यसले संसारमा कहीँ पनि र कसैलाई पनि फाइदा गर्दैन, अबका दिनमा उत्तर कोरियालाई नाकाबन्दी लगाउने वा कारबाही गर्ने विषयमा सबै मिलेर सर्वसम्मत निर्णय नै गर्नुपर्छ ।

उत्तर कोरियामाथि नाकाबन्दी र कारबाही गर्न संयुक्त राष्ट्रसंघमा अमेरिकाले नयाँ प्रस्ताव ल्याएको छ । तर त्यस प्रस्तावमा सहमति हुन सकिरहेको छैन । यसै पृष्ठभूमिमा उनको यो टिप्पणी आएको हो । रासस/एएफपी

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage