scheduleशनिवार आश्विन ४ गते, २०७६

एसिया कप क्रिकेट छनोटमा आज नेपाल सिंगापुरसँग भिड्दै

काठमाडाैं, २९ भदाै । १९ वर्षमुनिको एसिया पूर्वि क्षेत्रिय क्रिकेट प्रतियोगितामा नेपाल अहिले सिंगापुरसँग खेलिरहेको छ । मलेसियाको क्लब अमानमा टस हारेर नेपाल पहिले फिल्डिङ गरिरहेको छ ।

यो खबर तयार पार्दासम्म नेपालले राम्रो शुरुवात गर्दै दुई विकेट लिएको छ । नेपालका लागि दुवै विकेट किशोर महतोले लिएका  हुन् । आफ्ना दुवै खेल जित्दै नेपाल र सिंगापुर प्रतियोगिताको सेमिफाइनल पुगिसकेका छन् । दुुई समूह रहेको यो प्रतियोगिताको फाइनलमा पुग्ने टिम एसिया कपका लागि छनौट हुनेछन् ।

नेपालले यसअघि थाइल्याण्डलाई २ सय ५१ र भुटानलाई ९ विकेटले हराएको थियो । प्रतियोगिताको पहिलो खेलमा थाईल्याण्डलाई दुई सय ५५ रनले हराएको नेपालले दोस्रो खेलमा हिजो भुटानलाई ९ विकेटले पराजित गरेको हो ।

खेल मलेसियाको किन्रारा ओभल मैदानमा हुँदैछ । प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी नोभेम्बरमा मलेसियामै हुने युथ एसिया कप क्रिकेटमा एसियाका टेष्ट मान्यता प्राप्त राष्ट्रका युथ टोलीसँग खेल्ने मौका पाउनेछन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage