scheduleशनिवार आश्विन ४ गते, २०७६

म्यानुलाई रोक्न सकेन इभर्टनले, चेल्सी र आर्सनल बराबरीमै सिमित

एजेन्सी, २ असोज । आइतबार राति भएको प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले इभर्टनलाई ४-० गोलले पराजित गरेको छ । यस सिजन निकै बलियो र सानदार खेल प्रदर्शन गरेको म्यानुले आफ्नो अपराजित यात्रालाई कायम राखेको छ ।

निकै प्रतिस्पर्धात्मक मानिएको उक्त खेलमा इभर्टन अन्ततः निरिह साबित भयो । म्यानुका लागि एन्टोनिया भ्यालेसियाले चौथो मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

खेलको अन्तिम दश मिनेट इभर्टनका लागि निकै भारी साबित भयो । खेलको ८३ औ मिनेटमा हेनरिक मिख्तारियनले गोल गरे । त्यस लगत्तै यसै सिजन इभर्टनबाट म्यानु आएका रोमेलु लुकाकुले गोल गरे ।

खेल सकिन केही मिनेट बाँकी रहँदा म्यानुले पेनाल्टी पायो । एन्थोनी मार्सेलले पेनाल्टीको सदुपयोग गर्दै गोल गरे ।

त्यस्तै हिजै भएको अर्को खेलमा चेल्सी र आर्सनलले गोलरहित बराबरी खेल खेलेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage