scheduleमगलवार मंसिर २४ गते, २०७६
Bajaj
Global IME

सर्लाहीमा सुनचाँदी व्यवसायीको गोली हानी हत्या

एसपी यादव/सर्लाही असोज २५ गते । सर्लाहीको कविलासी नगरपालिकाको वडा नं. ३ मा पर्ने पिपरियाका नागेन्द्र साहको २७ वर्षिया छोरा सुनिल साहलाई मंगलबार साँझ अज्ञात समूहले गोली हानी हत्या गरेका छन् ।

मृतक साह सुनचाँदी व्यापारी रहेका छन् । हरिपुर नगरपालिकाको पिराडी बजारमा ‘माँ दुर्गा भगवती’ नामक सुनचाँदी पसल संचालन गर्दै आएका थिए ।

मंगलवार साँझ करिब ७ बजेको समयमा मृतक साह पसल बन्द गरी आफ्नो बुबासँगै मोटरसाइकलमा घर फर्किँदै गरेको अवस्थामा बाटोमा उनीमाथि गोली प्रहार भएको थियो ।

अज्ञात समूहले मोटरसाइकल रोकी मृतक साहसँग सुनचाँदी राखेको झोला माग्दा मृतक साहले दिन नमाानेपछि उक्त समूहले उनको गर्दनमा गोली प्रहार गरेको थियो ।

पिराडी बजारदेखि पिपरिया गाउँको दुरी करिब १ किलोमिटर मात्र रहेको छ । बाटोमा फाट्टफुट्ट बस्ती समेत रहेको छ ।

मृतकका बुवा नागेन्द्र साहका अनुसार गोली प्रहारपछि आफ्नो हातमा रहेको सुनचाँदीको झोला समेत उनीहरुले लिएर भागेका थिए ।

यस घटनाको विषयमा थप जानकारीका लागी सर्लाही प्रहरी प्रमुख एसपी मसुद आलम खाँनलाई प्रत्यक्ष टेलिफोन सम्पर्क गर्दा, उनका अनुसार, घटनाको अनुसन्धान भइरहेको र फरार अपराधीहरुको खोजिकार्य तिव्र पारिएकोले तुरुन्तै पक्राउ पर्ने जानकारी गराए ।

गोली प्रहारबाट गम्भीर घाइते भएका साहको सर्लाही अस्पताल मलंगवामा उपचारको क्रममा निधन भएको थियो ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage