scheduleमगलवार कार्तिक ११ गते, २०७७

गौचनलाई शहीद घोषण गर्ने तयारी: अन्त्येष्टि आज

काठमाडौँ, २६ असोज ।  सोमबार हत्या गरिएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको अन्त्येष्टि आज (बिहीबार) गरिने भएको छ ।

बुधबार साँझ बसेको महासंघ केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले गौचनको शव परिवारको जिम्मा लगाउने निर्णय गरेको हो ।

महासंघले गौचनलाई शहीद घोषणा नगरेसम्म शव नबुझ्ने बताए पनि परिवारको अनुरोधमा शव बुझिन लागिएको हो ।

गौचनको शवलाई बिहीबार(आज) महसंघको कार्यालय अनामनगरमा राखेपश्चात अन्त्येष्टि गरिने महासंघले जनाएको छ ।

मृतक गौचनका काका ओमकार गौचनले गृहमन्त्रीले शहीद घोषणाका लागि काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई प्रक्रिया चाल्न निर्देशन दिइसकेकाले शव बुझ्न ढिलाई नगर्न आग्रह गरे ।  नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay