scheduleआइतवार जेष्ठ २ गते, २०७८

यस्तो रह्यो भिआइपीको भाइटीका


काठमाडौं, ४ कात्तिक । यमपञ्चकको अन्तिम दिन आज भाइटीका लगाएर मनाइएको छ । दिदीबहिनीहरुले दाजुभाइलाई टीका लगाइदिएका छन् भने दाजुभाइले टीका ग्रहण गरेर दिदीबहिनीलाई उपहार दिएका छन् ।

भाइटीकाको अवसरमा आज राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीदेखि विभिन्न बिशिष्ठ व्यक्तिहरुले टीकाग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले टीकाको उत्तम साइत ११ बजेर ५१ मिनेटमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई टीका लगाइदिएकी छन् ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो निवास बुढानिलकण्ठमै बहिनी दुर्गा चन्दको हातबाट उत्तम साइतमै टीकाग्रहण गरेका छन् । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले आफ्नी दिदी थिरकुमारी पराजुलीबाट टीका ग्रहण गरेका छन् ।

यता राप्रपाका अध्यक्ष तथा ऊर्जामन्त्री कमल थापाले आफ्ना बहिनीहरु विमला, रीता र बसुको हातबाट टीकाग्रहण गरेका छन् । यस्तै अन्य नेताहरुले पनि आ–आफ्ना दिदी बहिनीबाट टिका लगाएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय