scheduleआइतवार भाद्र १ गते, २०७६

राजधानीमा फेरि गोली चल्यो, एक घाइते

काठमाडौं, ५ कात्तिक । काठमाडौंको म्हैपीमा एउटा समूहले आइतबार बिहान कल्याण गुरूङलाई गोली हानेको छ । गोली लागी गुरूङ घाइते भएका छन् । उनको घुँडामा चोट लागेको छ ।

घुँडामुनि गोली लागेका गुरुङको शिक्षण अस्पताल महामराजगञ्जमा उपचार भइरहेको काठमाडौं प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरीले गोली चलाएको अभियोगको अनुसन्धानका लागि ५ जनालाई पक्राउ गरेको छ । म्हैपीस्थित सडकमा स्कुटरमा हिँडिरहेका बेला एक समूहले बाटो छेकेर गोली प्रहार गरेका थिए ।

राती डिस्कोमा भएको झगडाका कारण नै गुरूङमाथि गोली प्रहार भएको प्रहरीको अनुमान छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage