scheduleबुधवारमाघ ७ गते, २०७७

१५ करोड डलरमा लिलाम भयो आइन्स्टाइनको दुई वाक्य, के छ खास ?

एजेन्सी, ८ कात्तिक । विख्यात वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले खुशीपूर्ण जीवनसम्बन्धी आफ्नो सिद्धान्तबारे लेखेका दुईवटा लेखोट १५ करोड ६० लाख डलरमा बिक्री भएका छन् ।

जेरुसलेममा लिलामी बढाबढमा ती लेखोटहरु बिक्री भएका हुन् । नोबेल पुरस्कार विजेता भौतिकशास्त्री आइन्स्टाइनले जर्मन भाषामा लेखिएका लेखोटहरु सन् १९२२ मा जापानी पत्रवाहकलाई दिएका थिए । पत्र पुर्‍याउन आफ्नो घर आइपुगेका पत्रवाहकलाई ‘टिप’ दिनका लागि पैसा नभएपछि आइन्स्टाइनले लेखोटहरु दिएको बताइन्छ ।

त्यतिबेला उनले भौतिकशास्त्रतर्कफको नोबेल पुरस्कार पाएको भर्खरै सुनेका थिए र उनी जापानमा प्रवचन-यात्रामा थिए । ती पत्रवाहकलाई खाली हात पठाउन नचाहेकोले आइन्स्टाइनले पत्रवाहकलाई ती लेखोटहरु दिएको लिलाम बढाबढमा राखेका पत्रवाहकका नातेदारले बताएका छन् । आइन्स्टाइनले पत्रवाहकलाई उनी भाग्यमानी भए आफूले दिएका लेखोटहरु मूल्यवान हुने बताएका थिए । आइन्स्टाइनले आफ्नो सम्पूर्ण जीवन विज्ञानप्रति समर्पित गरेका थिए । तर, उनको हस्ताक्षरसहित एक वाक्यको लेखोटमा लेखिएको छ, ‘सफलताको खोजीमा निरन्तर बेचैनीले भन्दा शान्त र साधारण जीवनले धेरै खुशी ल्याउँछ ।’

त्यही बेला लेखिएको दोस्रो लेखोटमा भनिएको छ, ‘जहाँ ईच्छा हुन्छ, त्यहाँ उपाय हुन्छ ।’ दोस्रो लेखोट चाहिँ २४ लाख डलरमा बिक्री भएको छ ।

दुवै लेखोटले पूर्वानुमान गरिएको भन्दा धेरै बढी मूल्य पाएको लिलाम बढाबढमा राख्नेले बताएका छन् । दुईटामध्ये एउटा लेखोटका एकजना युरोपेली खरिदकर्ताले आफ्नो नाम सार्वजनिक नगरिदिन लिलाम बढाबढमा राख्नेलाई आग्रह गरेको बताइएको छ । लिलाम बढाबढमा राख्ने पत्रवाहकका भतिज भएको बताइएको छ । -बीबीसी

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay