scheduleबिहिवारबैशाख ९ गते, २०७८

जनप्रतिनिधिले तिहार खर्च भन्दै खाए १२ लाख

काठमाडौं, ११ कात्तिक । गोदावरी नगरपालिकाको नगर कार्यपालिकाले चाडपर्व खर्च भन्दै १२ लाख रुपैयाँ दामासाही रुपमा बाँडेको रहस्य खुलेको छ ।

नगरपालिकाका निर्वाचित प्रमुख, उपप्रमुख र वडाध्यक्षसहितको नगर कार्यपालिकाले निर्णय गराएरै सो रकम बाँडफाँड गरेको खुलेको हो ।

स्रोतका अनुसार तिहार पर्वका लागि खर्च स्वरुप भन्दै नगर कार्यपालिकाका २४ जना सदस्यलाई जनही ५० ५० हजार रुपैयाँका दरले १२ लाख रुपैयाँ दामासाहीले बाँडिएको हो ।

तिहार आउनुअघि सो निर्णय भएको हो । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay