scheduleआइतवार श्रावण ५ गते, २०७६

रजनीकान्तको यो एक बयानले सबै कलाकारलाई सुपरस्टार बनाइदिन सक्छ

एजेन्सी । रजनाीकान्त अहिले फिल्म रोबोट २ वा व्यस्त छन् । आगामी वर्षको सबैभन्दा अपेक्षित फिल्म २.० मा उनका साथ अक्षय पनि खलनायकको भूमिकामा देखिँदैछन् ।

हालै यस फिल्मको अडियो दुबईमा रिलिज गरिएको छ । त्यसपछि अक्षय पनि दुबाई पुगेका हुन् । रोबोटको पहिलो भागमा रजनीले चिट्टी रोबोटको भूमिका निभाएका थिए भने अभिनेत्री ऐसोर्याले उनको साथ दिएकी थिइन् । राबोट २ मा चाहिँ एमी ज्याक्सनले उनको र अक्षयको साथ दिनेछिन् ।

त्यसैगरी एउटा अन्र्तवार्तामा रजनीले दिएका बयान अहिले निकै चर्चामा आएको छ । एक रिपोर्टरले उनलाई सोधेका थिए, ‘तपाई यति ठूलो सुपरस्टार भएरपनि अरु कलाकारभन्दा भलाद्मी हुनुहुन्छ , किन ?’ यसको जवाफमा उनले यस्तो कुरा गरे कि उनको सो बयानले हरेक कलाकारलाई सुपरस्टार बनाइदिन सक्ने चर्चा चल्न थाल्यो । यसबारेमा उनका फ्यानले उनले भनेका कुरालाई मनमा लिन सक्यो भने जोकोही पनि आफ्नो काममा सफल हुने प्रतिक्रिया दिए।

त्यसको जवाफमा उनले भनेका थिए, ‘म वास्तविक जीवनमा अभिनय गर्न चाहान्न किनकी वास्तविक जीवनमा अभिनय गरेर मैले न  पैसा कमाउन सक्छु न अरु नै केही । त्यसकारण म वास्तविकतामा जस्तो छु त्यस्तै रहिरहन चाहान्छु । ’ उनको जवाफ सुनिसकेपछि रजनीकान्तको यस्तो सोचले नै उनलाई आज सुपरस्टार बनाएको धेरैले टिप्पणी गरेका छन् ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob