scheduleशुक्रवार आश्विन १ गते, २०७८

यसकारण महतो निधिविरूद्ध उभिए

भारतीय दूतावासको प्रस्ताव अस्वीकार

काठमाडौं, १६ कात्तिक । प्रतिनिधि सभाका लागि मधेसमा एउटा रोचक चुनावी स्पर्धा हुँदैछ, धनुषा–३ को । उक्त क्षेत्रमा नेपाली कांग्रेसका एकजना प्रभावशाली नेता विमलेन्द्र निधिसँग उनी स्पर्धामा उत्रिँदैछन् । महतोलाई पछाडी हटाउनका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, भारतीय राजदूतावास पनि सक्रिय भयो । तर, उनले आफ्नो अडान छाडेनन् ।

मधेस आन्दोलन र भारतीय पक्षको एकजना कांग्रेस पक्षधर नेता निधिका लागि महतोको उम्मेदवारी ठूलो चुनौति हो । महतो मधेस आन्दोलनका एकजना हार्डलाइनर अध्यक्ष मण्डलका सदस्य हुन् । यी दुईबीच मधेस र भारतप्रति झुकाव राख्ने समान व्यहोरा भएपनि प्रस्तुती र शैली फरक छन् । निधि कांग्रेसको राजनीतिमा सक्रिय रहेका कारणले कुटनीतिक सम्बन्धलाई खुलेआम भन्दा पनि रणनीतिक हिसावले प्रस्तुत गर्छन् भने महतो खुलेआम भारतको पक्षपोषणमा बोल्छन् । तर, यतिबेला भारतकै प्रस्तावलाई महतोले अस्वीकार गरेका छन् । उनले धनुषा–३ छाडेका छैनन् ।

अघिल्लो पटक संविधानसभा चुनावमा सर्लाहीमा राजपा अध्यक्ष मण्डलका एकजना अर्का सदस्य महेन्द्र राय यादवसँग पराजित भएका महतोका लागि धनुषा उपयुक्त क्षेत्र हुने भन्दै बामपन्थी गठबन्धले पनि जोडबल दिएका कारणले उनी व्याक नसरेको धेरैको अनुमान छ ।

भारतीय राजदूतावास मार्फत महतोलाई रोक्नका लागि कठिन प्रयत्न भयो । बरु, उक्त चुनावी क्षेत्रमा कांग्रेसका निधिलाई हटाएर सघाउने प्रस्ताव गरिदिन उनले भारतीय दूतावासलाई जानकारी गराए ।

भारतको उक्त प्रस्तावसहितको जानकारी नेपाली कांग्रेसका नेता प्रदिप गिरीले महतोलाई सुनाएका थिए । गिरीले धनुषा–४ मा लड्नका लागि महतोलाई प्रस्ताव गरे । तर, महतो मानेनन् । उच्च स्रोतहरूका अनुसार महतो निधिविरूद्ध उभिए जीताउने आश्वासन एमाले अध्यक्ष केपी ओलीले दिएका छन् । ओली सरकारको विरोधमा चर्को स्वर गर्ने निधिलाई तह लगाउन बामपन्थी गठजोडको यो रणनीतिक अभ्यास भएको पनि टिप्पणी हुन थालेको छ । ओलीविरूद्ध विष वमन गर्ने महतो यो राजनीतिक दाउपेचमा बामपन्थीको साथमा अघिल्लो पटक संविधानसभा नछिरेको पीडालाई मल्हम लगाउने प्रयत्नमा छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय