scheduleशनिवार आश्विन ४ गते, २०७६

वैज्ञानिकको निष्कर्ष– मानवीय गतिविधिको असर जलवायु परिवर्तनमा तिव्र

एजेन्सी, १८ कात्तिक । अमेरिकी सरकारी वैज्ञानिकहरुले मानवीय गतिविधिले नै जलवायु परिवर्तनमा असर गरेको निस्कर्ष निकालेका छन् ।

वैज्ञानिकहरुले तयार पारेको एउटा बृहत् अध्ययन प्रतिवेदनले मानवीय गतिविधिले नै तीव्र गतिमा जलवायु परिवर्तन निम्त्याइरहेको देखाएको छ । अध्ययन प्रतिवेदनको निष्कर्षले प्यारिस सम्झौताबाट बाहिरिने राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णयको बेवास्ता गर्दै अमेरिका र विश्वका लागि जलवायु परिवर्तनको भयावह परिणाम हुने उल्लेख गरेको छ ।
अध्ययन प्रतिवेदनको निचोड जलवायु परिवर्तनका कुरा चिनियाँ झुट भएको भन्ने राष्ट्रपति ट्रम्पको भनाईसँग पनि विपरीत देखिएको बीबीसीले लेखेको छ । अध्ययन प्रतिवेदन ५०० पृष्ठको रहेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage