scheduleशुक्रवार आश्विन १ गते, २०७८

मधेसको भूमिमा मधेसीलाई मात्र जिताउनुस् : संयोजक ठाकुर

गौशाला, १९ कात्तिक । राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले ‘जन्मभूमिले बोलाएपछि’ यसपटक महोत्तरी जिल्लामा चुनाव लड्न आएको बताएका छन् ।

आउँदो मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा महोत्तरी जिल्लाको क्षेत्र नं ३ बाट प्रतिनिधिसभाको निर्वाचनका उम्मेदवार ठाकुरले सदरमुकाम जलेश्वरमा आइतबार पत्रकार सम्मेलन गर्दै मतदाताको विशेष आग्रहमा आफू महोत्तरीबाट चुनाव लड्न आएको बताए ।

जिल्लाको साविक एकरहिया गाविस र हाल पिपरा गाउँपालिका जन्मभूमि रहेका नेता ठाकुरले भने, ‘जन्मभूमिको आकर्षणले मलाई यसपालिको चुनावमा महोत्तरीबाट लड्न उत्प्रेरित गर्‍यो,’ उनले भने ।

उनले चुनावमा सम्पूर्ण मधेसको भूमिमा केवल मधेसीलाई जिताउन सबै मतलाई आग्रह गरे । उनले मधेसलाई अधिकारसम्पन्न, विभेदबाट मुक्ति, न्यायोचित सम्मान र चौतर्फी विकासका लागि चुनावमा मधेसको सम्पूर्ण निर्वाचन क्षेत्रमा मधेसी नेतालाई जिताएर मधेसलाई मधेसीमय बनाउन आग्रह गरे । उनले मतदातालाई प्रदेश नं २ मा मधेसी सरकार बनाएर आफ्नो विशेष पहिचान कायम गर्न पनि आग्रह गरे । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय