scheduleसोमवार भाद्र २ गते, २०७६

प्रचण्डले चितवन छाड्न डराएपछि वाम गठबन्धनको अभियान प्रभावित

फाइल फोटो

काठमाडौं, २० कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुनावी प्रचारका लागि चितवनमा केन्द्रित भएपछि वाम गठबन्धनले तय गरेको ताप्लेजुङ- दार्चुला अभियान प्रभावित भएको छ ।

लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका नेता तथा मन्त्री विक्रम पाण्डे प्रचण्डविरुद्ध चुनावी मैदानमा उत्रिएपछि प्रचण्डले सम्पूर्ण ध्यान चितवनमै दिन थालेका छन् । प्रचण्ड चितवनमै व्यस्त भएपछि उनकै अनुपस्थितिका कारण वाम गठबन्धनको ताप्लेजुङ दार्चुला अभियान उद्घाटन हुनासाथ स्थगित भएको छ ।

दुवै पार्टी निर्वाचन व्यवस्थापनमा व्यस्त भएपछि अभियान स्थगित गरिएको एमाले सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । आइतबार एमाले अध्यक्ष केपी ओली ताप्लेजुङ पुगेर अभियान सुरु गरेका थिए ।

उक्त अभियानसभा आगामी २६ गते पश्चिमको दार्चुला पुगेर समापन हुने कार्यक्रम रहेको थियो । अभियानले दुई पार्टी एकताको सन्देश दिने र चुनाव जिताउने लक्ष्य लिएको थियो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage