scheduleशुक्रवार आश्विन १ गते, २०७८

मधेस र मधेसीको हितमा वकालत गर्ने दल काँग्रेस : देउवा

फाइल फोटो

जनकपुरधाम, २२ कात्तिक । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस मधेस र मधेसीको हितमा सधैँ वकालत गर्ने दल भएको जिकिर गरेका छन् ।

बुधबार नेपाली काँग्रेस जिल्ला कार्यसमिति धनुषाद्वारा जनकपुरधाममा आयोजित कार्यकर्ता भेलामा बोल्दै उनले मधेसका मुद्दा सम्बोधन गर्न संविधान संशोधनका लागि खेल्नुपर्ने अग्रणी भूमिका पनि काँग्रेसको काँधमा रहेको उल्लेख गरे ।

उनले भने, ‘सबैको अस्तित्वको सम्मान र रक्षाका लागि काँग्रेस सधैँं संवेदनशील रहेको छ । जनताको अस्तित्वसँग खेलवाड गर्न उद्यत रहेकोप्रति सबै सजग हुनु जरूरी छ ।’

जनकपुरधाम र मधेसको विकासका सवालमा काँगे्रस सरकारले विशेष योजना कार्यान्वयन गरेको प्रशंग पनि उनले उल्लेख गरे ।

उनले भने, ‘बाढीपीडितलाई यथोचित राहत र बाढी समस्याको दीर्घकालीन समाधानका लागि पनि सरकारले योजना अघि सारेको छ ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय