scheduleमगलवार फाल्गुन १३ गते, २०७६

नायकबाट खलनायक बनेका मुगाबेको यसरी भयो अन्त्य

एजेन्सी, ६ मंसिर । क्रान्तिकारी राजनीतिज्ञ रोबर्ट ग्याब्रियल मुगाबेले मृत्यु नभएसम्म सत्तामै बस्ने अठोट गरेका थिए । तर आफ्नो अन्त्य नजिक देखेपछि भने उनले आफ्नी पत्नी गुसी ग्रेसका लागि राष्ट्रपतिको बाटो खुलाइदिएका हुन् ।

मुगाबेको यस कदमले उनको अहिलेसम्मको राजनीतिक यात्रा र शासनलाई धुलोमा मिलाइदिएको छ । देशमा औपनिवेशिक शासन चलेका समयमा १० वर्षसम्म जेलजीवन बिताएका उनलाई दक्षिण अफ्रिकाका महान व्यक्तित्व नेल्सन मन्डेलासँग तुलना गरिने गरिन्थ्यो । तर यिनै महान् भनिने ९३ वर्षीय विश्वका सबैभन्दा बूढा राष्ट्रपति अहिले भने सबैका लागि तानाशाह बन्न पुगे ।

पहिले लोकतन्त्रका नायक
सन् १९६० मा जोसहुआ नकोमोले नेतृत्व गरेको जिम्बावे अफ्रिकन पिपुल्स युनियनमा तीन वर्ष संलग्न भइ पछि छुट्टिएर मुगाबेले जिम्बावे अफ्रिकन नेस्नल यूनियनको स्थापना गरेका थिए । यसपछि गोरा सरकारको विरोध गर्ने क्रममा उनी १९६४ देखि १९७४ सम्म जेल परेका थिए । जेलबाट छुट्नासाथै उनले पुन जिम्बावे अफ्रिकन नेस्नल यूनियन सञ्चालन गरेर गोराको सरकारसँग शान्तिपूर्ण वार्तामा संलग्नता जनाएका थिए ।

जेलबाट भागेका शिक्षक
उनले जेलमा पनि अधिकांश समय त्यहाँका कैदीलाई अङ्ग्रेजी सिकाएर बिताएका थिए । पहिले पनि शिक्षकका रुपमा काम गरिसकेका उनले सेन्ट मेरिज शिक्षक प्रशिक्षणमा पढाएका थिए । त्यहाँ पढाउने क्रममै उनको सारा हेफ्रनसँग भेट भएको थियो र १९६१ मा दुवैले विवाह गरेका थिए । रोडेसियन प्रधानमन्त्रीले उनलाई उत्तर रोडेसियामा जाम्बियाको एउटा सम्मेलनमा सहभागी हुन जेलबाट मुक्त गराएका थिए तर मुगाबे त्यहाँबाट उल्टै सिमा पार गरि दक्षिण रोडेसिया भागेका थिए ।

सातवटा विश्वविद्यालयबाट डिग्री प्राप्त
सातवटा विश्वविद्यालयबाट डिग्री हासिल गर्न सफल सिकर्मी बाबुका छोरा मुगाबे कुनै समय देशका सबैभन्दा शिक्षित व्यक्ति थिए । उनले दक्षिण अफ्रिकाको फोर्ट हेर विश्वविद्यालयबाट आर्टस र शिक्षामा स्नातक डिग्री हसिल गरेका थिए । जेल भित्रै रहेरै उनले थुप्रै्र डिग्री प्राप्त गर्न सफल भएका थिए । लन्डन विश्वविद्यालयबाट विज्ञान अर्थशास्त्रमा समेत डिग्री लिएका मुगाबेले कानुनमा पनि डिग्री हासिल गरेका थिए । १९८० मा उनी पहिलोपटक देशका प्रधानमन्त्री भएर सात वर्षसम्म शासन गरेका थिए । तर उनले नमोकोका पार्टीसँग पुनः एकिकृत हुने निर्णय गरेपछि भने प्रधानमन्त्रीबाट राष्ट्रपतिमा नियुक्त भएका थिए ।

त्यसपछि एक छोराकी आमा ग्रेस मारुफु , मुगाबेको सेक्रेटरीका रुपमा काम गर्न थालिन् । यसैक्रममा उनीहरुको सम्बन्ध नजिक हुँदै गएपछि सन् १९८६ मा उनीहरुले विवाह गरेका थिए । विवाहपछि आफ्नो पतिको कार्यालयमा विशेष चासो देखाउँदै आएकी ग्रेसले उनको लक्ष्यको बीचमा आइरहेका पूर्व उपराष्ट्रपति इमर्सन मनान्गावालाई छलीको आरोप लगाएकी हुन् । आफ्नो बाटोबाट हटाइसकेपछि राष्ट्रपति पदमा नियुक्त हुने उनको सपना विपनामा परिणत हुने भएको थियो । तर नोभेम्बर ६ को यस घटनापछि ग्रेस र मुगावे विरुद्ध चारैतिर प्रदर्शन सुरु हुन थाल्यो । मुगाबे आफू मर्नुअघिसम्म पनि सत्तामै रहन चाहान्थे तर जनताले भने उनलाई आफ्नो सहज जीवनबाट बाहिर निस्किएर वास्तविक जीवनको अनुभव लिन कर् गरिरहेका हुन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय