scheduleमगलवार मंसिर २४ गते, २०७६
Bajaj
Global IME

दलाई लामाको भनाइप्रति यसरी आक्रोशित भए राजेश

एजेन्सी । हालै दलाई लामाले एउटा कार्यक्रममा प्रवचन दिँदै गर्दा बुद्ध भारतमा जन्मिएको भनेका थिए । उनको यसै भनाइका कारण अहिले उनले सामाजिक सञ्जालमा चर्को विरोधको सामना गर्नुपरिरहेको छ ।

उनले यसो भन्ने बित्तिकै देशभर यसबारे निकै चर्चा भइरहेको छ । बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सारा विश्वलाई थाहा हुँदाहुँदै पनि टिब्बटका सबैभन्दा मानिने धर्मगुरुले किन त्यसो भने भन्ने अझै प्रस्ट भएको छैन । धेरैले यसलाई उनको चर्चित हुने उपाय भएको प्रतिक्रिया दिइरहेका छन् । सबै नेपालीहरुले उनलाई गाली गरिरहेका बेला महानायक राजेश हमालले पनि उनीमाथि आक्रोश पोख्नबाट पछि हटेनन् ।

आफ्नो फेसबुक अकाउन्ट मार्फत उनले यस घटनाबारे गम्भीर प्रतिक्रिया दिएका हुन् । उनले भनेका कुरामा सबै नेपालीले समर्थन जनाइरहेका छन् । उक्त पोस्टमा उनले यसो भनेर लेखेका छन् , ‘सत्य र दयाका प्रतीक भनिएका उनी राजनीति र चर्चाका पछि लागेर असत्य बोल्छन् भन्ने कसैले सपनामा पनि सोचेको थिएन । लाखौँ समर्थक भएका उच्च व्यक्तित्व मानिएका त्यस्ता ‘मानिस’ यतिसम्म तल पुगिसकेका छन् कि उनी आफ्नो झुटो भनाइको प्रभाव सारा विश्वमा पार्न खोजिरहेका छन् । भनिन्छ नि, ‘जोकोहीलाई पनि एकपटकका लागि मूर्ख बनाउन सकिन्छ तर यसले सधैँभरि काम गरिरहन्छ भन्ने छैन । सत्य लामो समयसम्म लुक्न सक्दैन । ’

यसरी उनले अङ्ग्रेजीमा पोस्ट गरेर दलाईप्रति गम्भीर आक्रोश व्यक्त गरेका हुन् । उनको समर्थन गर्दै नेपालीहरुले उनको साथ दिइरहेका छन् ।

 

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage