scheduleआइतवार भाद्र ८ गते, २०७६

बार्सिलोनाले हान्यो पाँच गोल

एजेन्सी, १४ मंसिर । बुधबार राति भएको कोपा डेल रे कपमा बार्सिलोनाले रियल मुर्सियालाई ५-० गोलले पराजित गरेको छ ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएका बार्सिलोनाले दोस्रो हाफमा चार गोल हानेको थियो ।

खेलको १६ औ मिनेटमा फ्रासिन्सको अल्कारले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा बार्सिलोना थप आक्रामक देखियो । बार्सिलोनाका लागि जेरार्ड पिके, एलेक्स भिडाल, डेनिस स्वारेज र जोसे आर्नेजले एकएक गोल गरेका थिए ।

सम्रगमा बार्सिलोनाले रियल मुर्सियालाई ८-० गोलले पराजित गर्दै अर्को चरणमा प्रवेश गर्न सफल भएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage