scheduleशुक्रवार आश्विन १ गते, २०७८

फोरम र राजपा प्रदेश सरकार गठन र पार्टी एकताको कसरतमा

काठमाडौं, २८ मंसिर । प्रदेशसभा सदस्य निर्वाचन प्रत्यक्षतर्फ प्रदेश नम्बर २ मा बहुमत सिटमा विजय हासिल गरेसँगै मधेस गठबन्धनमा आबद्ध संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी प्रदेश सरकार निर्माणसँगै पार्टी एकताको कसरतमा जुटेका छन् ।

स्थानीय तह निर्वाचनमा प्रदेश २ मा पाएको मतले हौसिएका फोरम र राजपा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन बनाएर मैदानमा उत्रिएका थिए । यो गठबन्धनलाई प्रदेशसभामा प्रत्यक्षतर्फ प्रस्ट बहुमत प्राप्त भएको छ । प्रत्यक्षतर्फ ६४ सिट रहेको यस प्रदेशमा मधेस गठबन्धनले ३५ सिट जितेको छ ।

समानुपातिक निर्वाचनतर्फको परिणाम भने आइसकेको छैन । जनादेशको कदर गर्दै दुवै दलका शीर्ष नेता एकताको पक्षमा सकारात्मक र गम्भीर देखिएका छन् । तर संघिय समाजबादी फोरमका अध्यक्ष उपेन्द्र यादवले दुई नम्बर प्रदेशमा सरकार गठन बारे जुनसुकै दलसँग सहकार्य गर्न आफुहरु खुल्ला रहेको बताए ।

उनले अहिलेसम्म कुनै दलसँग यस विषयमा छलफल नभए पनि राजपासँग मिलेर सरकार बनाउने सम्भावना रहेको बताए । तर केन्द्र सरकारमा आफुहरु सहभागी हुने नहुने भन्ने निर्णयसँगै प्रदेश सरकारमा आफुहरु कुन दलसँग मिल्ने भन्ने विषय टुंगो लाग्ने यादवले बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय