scheduleशुक्रवार आश्विन १ गते, २०७८

प्रदेश नम्बर २ को नाम ‘मधेस प्रदेश’ राखिन सक्छ : श्रेष्ठ

फाइल तस्बिर

काठमाडौं, २ पुस । संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनपछि आफ्नो पार्टीमा चुनौती थपिएको र पहिचानको आन्दोलनले नयाँ स्वरूप ग्रहण गरेको बताएका छन् ।

पार्टीको काठमाडौं जिल्ला समितिको आयोजनामा आइतबार पुष्पलाल पथमा भएको विस्तारित भेलामा उनले अब मधेसमा संविधान कार्यान्वयन तथा लिम्बूवान, थरुहट, नेवालगायत क्षेत्रमा पहिचानका पक्षमा संघर्ष र खसान क्षेत्रमा प्रचारात्मक आन्दोलनका रूपमा अगाडि बढ्ने बताए ।

उनले अघि भने, ‘प्रदेश नं २ को पहिलो बैठकले त्यस प्रदेशको नाम ‘मधेस प्रदेश’ राख्नेछ र त्यसले पहिचान पक्षधरका लागि महत्वपूर्ण भूमिका खेल्ने छ । त्यहाँ हुने प्रत्येक कामले अरु प्रदेशलाई पनि पहिचान प्राप्तिको आन्दोलनमा लाग्न प्रेरित गर्ने छ ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय