scheduleआइतवार मंसिर २२ गते, २०७६
Bajaj
Global IME Bank

२४ वर्ष पुरानो भ्रुणबाट बच्चा जन्मिएपछि …


एजेन्सी, ६ पुस । २४ वर्ष पहिला सुरक्षित राखिएको एक भ्रुणबाट अहिले एक बच्चाले जन्म लिएको छ ।

आईविएफ प्रविधिको खोजी भएपछि गर्भाधान र जन्मबीच यो सम्भवतः सबैभन्दा लामो अन्तर हो । अमेरिकामा उक्त भ्रुण एक परिवारले एउटा संस्थालाई दान दिएका थिए । उक्त भ्रुणबाट जुन महिलाले बच्चाको जन्म दिएकी छिन्, उनी स्वयम् उक्त भ्रुणको गर्भाधानको बेला डेढ वर्षकी थिइन् ।

यो बच्चा अब एमा रेन गिब्सन नामबाट चिनिने छिन् । एमाको भ्रुणलाई फ्रिज गरेर २४ वर्षदेखि सुरक्षित राखिएको थियो । यसै वर्ष मार्चमा यो भ्रुणलाई टिना गिब्सनको गर्भाशयमा प्रविष्ट गरिएको थियो । P
एमाको जन्म नोभेम्बरमा भयो । २६ वर्षीया टिनाले सिएनएनसँग कुरा गर्दै भनिन्, ‘तपाईं अनुमान गर्न सक्नुहुन्छ, म जम्मा २५ वर्षकी भएँ ? यो भ्रुण र म असल साथी पनि हुन सक्छौं ।’

उनले भनिन्, ‘मलाई केवल एउटा बच्चा चाहिएको थियो । मलाई यो विश्व रेकर्ड हो कि होइन भन्ने मतलब छैन ।’

राष्ट्रिय भ्रुणदान केन्द्र नाम गरेको संस्थाले यही निषेचित भ्रुण उपलब्ध गराएको थियो । यो भ्रुण लामो समयसम्म फ्रिज हुने तापक्रममा सुरक्षित राखिन्छ । यसकारण चिकित्सकहरुले यो बच्चालाई ‘हिउँको बच्चा भनेर बोलाउँछन् ।

अमेरिकाको टेनेसी प्रान्तको नक्सविल शहरस्थित यो संस्थाले यो दम्पत्तिलाई प्रोत्साहन दिएको छ । टिना र बेन्जामिन गिब्सन यो संस्थामा गए, जहाँ उनीहरुलाई यो भ्रुण मिल्यो । सिस्टिक फायब्रोसिस नामको बिरामीका कारण बेन्जामिन बाबु बन्न सक्दैनथे ।

एमाको गर्भाधान अक्टोबर १९९२ मा भएको थियो । टिना अब एमाकी आमा हुन् र १९९२ मा उनी करिब डेढ वर्षकी थिइन् । २४ वर्ष पुरानो यो भ्रुण संसारको सबैभन्दा लामो समयसम्म सुरक्षित राखिएको भ्रुण भएको दावी गरिएको छ । बेन्जामिन भन्छन्, ‘एमा एकदमै प्यारो चमत्कार हुन् ।’ उनी भन्छन्, ‘मलाई लाग्छ, यति लामो समयसम्म जमेर बस्दा पनि उनी एकदमै सुन्दर देखिन्छिन् ।’ बीबीसी हिन्दीबाट

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage