scheduleशुक्रवार भाद्र ६ गते, २०७६

गोली लागेर थापाको मृत्यु

पाल्पा, १८ पुस । बाँदर ठानेर गोली हान्दा मंगलबार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६, मस्यामका ६२ वर्षीय धनबहादुर थापा रहेका छन् ।

मस्यामका बालबहादुर लम्तरीले बाँदर ठानेर चलाएको गोली लागेर पल्लो पाखामा बाख्रा चराइरहेका थापाको मृत्यु भएकोे पाल्पाका प्रहरी उपरीक्षक पन्तले बताए ।

गोली प्रहार गर्ने लम्तरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको पनि उनले जानकारी दिए । नाता सम्बन्धले मृतक थापा लम्तरीका भिनाजु पर्दछन् ।
रासस ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage