scheduleमगलवार फाल्गुन १३ गते, २०७६

दक्षिण अफ्रिकामा कसरी नुहाउँदैछन् टिम इन्डियाका खेलाडी ?

एजेन्सी, २० पुस । दक्षिण अफ्रिकाको यात्राका लागि निस्किएका भारतीय क्रिकेट खेलाडीहरुले म्याच सुरु हुन अघि नै त्यहाँ एकदमै अस्वभाविक चुनौतीहरुको सामना गरिरहेको खवर अहिले बाहिर आइरहेको छ ।

भारतीय मिडिया इन्डियन एक्सप्रेसको अनुसार दक्षिण अफ्रिकाको यात्रामा गएका टिम इन्डियाका खेलाडिहरलाई नुहाउनका लागि त्यहाँ मात्र दुई मिनेटको समय उपलब्ध गराइएको छ । यसको कारण केपटाउनले सामना गरिरहेको सुख्खायाम रहेको बताइएको छ ।

अहिले सुख्खा यामसँग जुझिरहेको केपटाउन पानी बचाउनका लागि आधिकारीक रुपमै यस्तो गर्नका लागि बताइएको छ ।

सिटी काउन्सिलले पानी बचतका लागि त्यहाँ एक व्याक्ति बराबर दिनमा ८७ लिटर पानी उपलब्ध हुने आधिकारीक घोषणा गरेको छ । टिम इन्डिया दक्षिण अफ्रिकामा तीन म्याचको टेस्ट सिरिज खेल्नका लागि गएका हुन् ।

केपटाउनमा पानीको समस्या यतिसम्म छ कि त्यहाँ पानि लेभल ६ सम्म पुगिसकेको छ । तर यसको सकरात्मक असर भने भारतीय खेलाडीहरुमा पर्ने बताइएको छ ।

जमिनमा पानीको कमि खेल मैदानमा देखा पर्ने बताउँदै, पिच सुख्खा हुने र खेल सहजरुपमा खेलीने बताइएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय