scheduleसोमवार आश्विन १२ गते, २०७७

डेङ्गुको खोपबाट १४ बच्चाको मृत्यु भएको आशंका

मनिला, फिलिपिन्स, २२ पुस । फिलिपिन्समा डेङ्गुको खोपका कारण १४ जना बालबालिकाको मृत्यु भएको आशंका सहित अनुसन्धान सुरु गरिएको छ ।
स्वास्थ्यमा सतर्कता अपनाउदै सरकारले प्रतिबन्ध लगाएको खोप नै उनीहरुको मृत्युको कारण हुन सक्ने आशङ्का गरिएको अधिकारीहरूले शुक्रबार जनाएका छन् ।
‘डेङभाछिया’को विक्री वितरण गर्न सरकारले गत महिनादेखि नै बन्द गराएको थियो । फ्रान्सेली उत्पादक कम्पनी ‘सानोफी’ ले भने उक्त खोप मानव प्रयोगका लागि सुरक्षित रहेको बताएको छ ।
घटनाबारेमा अनुसन्धान गर्न स्वतन्त्र विज्ञहरुको एउटा टोली बनाएर खटाइएको सरकारी अधिकारीहरुले जनाएका छन् ।
उनीहरुले एक वा दुई हप्ता भित्रमा प्रतिवेदन तयार पारेर बुझाउने अपेक्षा गरिएको स्वास्थ्य सचिव फ्रान्सीस्को दुक्युले जानकारी दिए ।
अनुसन्धानका क्रममा मृत्युको कारण के हो र मृत्युको पछाडी खोपको सम्बन्ध होला कि नहोला भनेर सोधिने भएको छ ।
फिलिपिन्समा गत बर्ष आठ लाख जना विद्यालय तहका बालबालिकाहरुलाई डेङ्गु विरुद्धको खोप दिइएको थियो । विश्वकै पहिलो डेङ्गु प्रतिरक्षा कार्यक्रम अन्तर्गत उनीहरुलाई खोप दिइएको हो । रासस/एएफपी

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय