scheduleशनिवार आश्विन ४ गते, २०७६

सर्लाहीका धान वैज्ञानिक कुशवाहालाई अन्तर्राष्ट्रिय सम्मान

एसपी यादव/ सर्लाही, २२ पुस । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) मा कार्यरत धानका वैज्ञानिक उज्वल केआरएस कुशवाहालाई सन् २०१८ को लागि इ-लाइफ एम्बेसडर घोषणा गरिएको छ ।

बुबा रामचन्द्र महतो र आमा सरस्वती देवीको कोखबाट २०४२ साल बैशाख १ गतेका दिन जन्मिएका कुशवाहा सर्लाहीको सदरमुकाम मलङ्ग्वा भन्दा करिब १५ किमि पश्चिम दक्षिणमा अवस्थित रहेको रामवन गाविस हाल गाेडैता नपा वार्ड नं.५ मा जन्मिएका हुन् ।

कुशवाहा एसएलसीसम्मको अध्ययन सर्लाहीको बरहथवा नपामा अवस्थित रहेको चक्र जनता सहिद गंगा माध्यमिक विद्यालयबाट सर्वोच्च स्थान प्राप्त गरी उत्तीर्ण गरेका थिए । त्यसपछि उनी उच्च शिक्षा अध्ययनका लागि राजधानी हानिए र उनले गैलेक्सी पब्लिक स्कुल काठमाडौंबाट प्रवीणता प्रमाणपत्र तहको अध्ययन हासिल गरे । त्यसपछि उनले आफ्नो चाहना र इच्छाअनुसार कृषि विषयमा बिएसस्सी र एमएस्सीको अध्ययन नेपालकै रामपुर क्याम्पसबाट प्राप्त गरेका बैज्ञानिक कुशवाहा हाल भारतस्थित गोविन्द बल्लभ पन्त कृषि तथा प्रोधोगिक विश्वविद्यालय पंतनगरमा आनुवंशिकी र बाली प्रजनन विषयमा विद्यावारिधि गर्दैछन् ।

जिल्ला शिक्षा कार्यालय सर्लाहीमा प्राविधिक सहायक पदमा कार्यरत उनका दाइ सुनिल कुशवाहा भन्छन्, ‘उनी सानैदेखि अध्ययनमा अबल थिए । स्कुल जीवनदेखि अहिलेसम्म दोस्रो भएनन् । उनको मिहिनेत, लगनशीलता, पारिवारिक साथ र सहयोग तथा खोजप्रतिको रुचिले आज उनलाई यस ठाउँमा ल्याएको हो ।’

इ-लाइफ संस्थाबाट प्राणी (जीव र वनस्पति) विज्ञानमा काम गर्ने वैज्ञानिकलाई दिइने यो उच्चस्तरको सम्मान हो । नेपाली वैज्ञानिक कुशवाहा यस अघि सन् २०१६ मा कालो चामलको इतिहास र विकासक्रमको बारेमा अध्ययन गरी पुस्तक प्रकाशित गरी चर्चामा आएका थिए ।

उक्त पुस्तक विश्व प्रतिष्ठित विज्ञान जोर्नल प्रकाशक अमेरिकाको सप्रिन्गेरले प्रकाशित गरेको थियो । हाल उनी भारतस्थित गोविन्द बल्लभ पन्त कृषि तथा प्रोधोगिक विश्वविद्यालय पंतनगरमा आनुवंशिकी र बाली प्रजनन विषयमा विद्यावारिधि गर्दैछन् । कुशवाहाका हालसम्म चार दर्जनभन्दा बढी अनुसन्धानपत्रहरु विभिन्न अन्तरर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित छन । उनी करिब एक दर्जन राष्ट्रिय र अन्तरराष्ट्रिय पुरस्कार पाइसकेका छन् ।

केहि समय पहिले नोवेम्बेर २०१७ मा भारतमा भएको वैज्ञानिक सम्मेलनमा उनलाई बेस्ट पेपर अवार्ड पनि प्रदान गरिएको थियो । इ-लाइफ एक अति प्रतिष्ठित अन्तर्राष्ट्रिय विज्ञान प्रकाशन समुह हो । जसलाई होवार्ड हुघेस मेडिकल इन्स्टिट्युट, द मेक्स प्लान्क्स सोसाइटी र द वेल्कम ट्रष्टले स्थापना गरेको हो । यो संस्थाको प्रमुख कार्यालय बेलायतमा रहेको छ । इ-लाइफको प्रमुख सम्पादन नोबेल अवार्ड विजेता रन्डी स्चेक्मनले गर्छन् ।

कुशवाहा सन् २०१७ को लागि संस्थापक प्लान्ट कल्टेवेटरको रुपमा मनोनयन भएका थिए । प्लान्ट अमेरिकन सोसाइटी आफ प्लान्ट बिओलोजिस्टको डिजिटल फोरम हो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage