scheduleआइतवार भाद्र ८ गते, २०७६

‘आमाले बोलाउनुभयो अभियान’ सुरु, के गर्दैछ यसले ?

अष्ट्रेलिया, २३ पुस । अष्ट्रेलियामा बस्ने नेपाली युवाहरुले एक देशप्रेमी अभियान सञ्चालन गरेका छन् । अष्ट्रेलियामा व्यवसाय सञ्चालन गर्दै आएका नेपाली युवा विनोद पौडेलले ‘आमाले बोलाउनुभयो अभियान’लाई तिव्र रुप दिएका छन् ।

यस अभियानको प्रमुख उद्देश्य भनेको विश्वका विभिन्न देशमा छरिएर बसेका नेपालीहरुलाई नेपाल फर्काउन अभिप्रेरित गर्नु हो । उक्त अभियानका अभियन्ता विनोद पौडेलका अनुसार देशमा युवाहरु बाहिर रहेका कारण नेपालको अर्थतन्त्र र संभावना संकुचित हुँदै गएको छ । पौडेल भन्छन्, ‘युवाहरुले कमाएको पैसा नेपाल भित्रिए पनि बौद्धिकता र दक्षता पलायन भएको छ । स्वदेश फर्कनुपर्छ भनेर हामीले यो अभियान सञ्चालन गरेका हौं ।’ पौडेलले आफूहरुको प्रमुख लक्ष्य भनेको बाहिर रहेका नेपालीहरुलाई देश फर्काउनु नै भएको बताए ।

‘आमाले बोलाउनुभयो अभियान’ले हालै मात्र गति लिएपनि यसमा २५ सयभन्दा बढी नेपालीहरु आबद्ध भइसकेका छन् । यस अभियानमा थुप्रै मानिसहरु जोडिन चाहेको बताउँदै पौडेलले अब चाँडै नै संस्थागत रुपमा आफूहरु अघि बढ्ने जानकारी दिए ।

यस अभियानले विदेशबाट नेपाल फर्कन चाहनेहरुलाई आवश्यक परामर्श दिने र उनीहरुलाई लगानीका लागि सम्भावित ठाउँ र सहयोग समेत गर्नेछ । अभियानको अर्को लक्ष्य जसरी हुन्छ विदेशमा रहेका नेपालीलाई नेपाल फर्काउने र नेपालमा केही गर्ने वातावरण सिर्जना गर्ने पौडेलले प्रष्ट पारे ।

यो अभियान राजनीतिबाट पर रहेको र यसमा राजनीतिकर्मी पनि जोडिन सक्ने अभियन्ता पौडेल बताउँछन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage