scheduleबिहिवार भाद्र ५ गते, २०७६

छोरी जन्माउने आमाले पाउने भए २४ सय प्रोत्साहन भत्ता


बैतडी, २७ पुस । छोराछोरीबीचको विभेद अन्यका लागि बैतडीको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ता दिन सुरु गरेको छ ।

छोरीप्रतिको विभेदकारी व्यवहार परिवर्तनका लागि असोजदेखि प्रोत्साहन भत्ता दिन सुरु गरेको गाउँपालिकाले जनाएको छ । प्रोत्साहन भत्ता ढिला निकासा भएका कारण पुसदेखि मात्रै वितरण गरिन थालिएको गाउँपालिकाका अध्यक्ष चक्रबहादुर कार्कीले बताए । स्वास्थ्य संस्थामा आएर सुत्केरी भएबापत एक हजार र चार पटक गर्भजाँच गराएमा थप चार सय रुपैयाँ पाउँदै आएका आमाले अब छोरी जन्माए गाउँपालिकाबाट थप एक हजार रुपैयाँ प्रोत्साहन भत्ता पाउने भएका छन् ।

स्वास्थ्यचौकीमा आएर सुत्केरी हुँदा छोरी जन्मिए अब आमाले २ हजार ४ सयसम्म प्रोत्साहन भत्ता पाउनेछन् । तर नियमित गर्भजाँच नगराएको र घरमै सुत्केरी हुने आमालाई भने प्रोत्साहन भत्ता दिईने छैन । महिला जनप्रतिनिधिहरुको प्रस्तावमा भदौमा सम्पन्न गाउँसभाले गरेको निर्णय अनुसार छोरी जन्माउने आमालाई थप प्रोत्साहन भत्ता दिन थालिएको गाउँपालिकाका अध्यक्ष कार्कीले बताए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage