scheduleआइतवार जेष्ठ १८ गते, २०७७

नाइजेरियाको आत्मघाती बम हमलामा १० को मृत्यु

एजेन्सी, ४ माघ । नाइजेरियाको माइदुगुरी शहरमा दुईवटा आत्मघाती बमबिस्फोट हँदा १० जनाको मृत्यु हुनुका साथै ६५ जना घाइते भएको त्यहाँ प्रहरी तथा उद्धारमा खटिएका अधिकारीहरुले बताएका छन् ।

त्यहाँ आत्मघाति बमहमला गर्ने दुईजना मानिसहरु त्यहाँको आतंकवादी समूह बोकोहरामका सदस्यहरु भएको आशंका गरिएको छ । उक्त हमला नाइजेरियाको उत्तरी राज्य बोर्नोको राजधानी माइदुगुरीको बाहिरी इलाकामा अवस्थित मुना गाराक भन्ने एउटा स्थानिय बजारमा भएको हो ।

Dish_Home

उक्त हमलाबाट धेरै ठूलो क्षति भएको बोर्नोका प्रहरी प्रमूख दमाएन छुक्वुले बताए ।

बोकोहरामलाई २००९ देखि एता २० हजारभन्दा धेरै मानिसहरु मारेको र दशौं लाख मानिसहरुलाई घरबार विहिन बनाएको आरोप लाग्दै आएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय