scheduleबुधवार आश्विन ६ गते, २०७८

फेवा तालको आकार बढाउने काम हप्ता दिनमै शुरु गर्ने सांसद पहारिको घोषणा


पोखरा, ७ माघ । कास्की निर्वाचन क्षेत्र नम्बर ३ ख बाट निर्वाचित प्रदेश नम्बर ४ का सांसद राजिव पहारिले सपथ लगत्तै फेवा तालको आकार बढाउने काम एक हप्ता भित्र शुरु गर्ने घोषणा गरेका छन्। सपथ ग्रहण सके लगत्तै फेवा तालमा पुगेर सन्चारकर्मीहरु संग छोटो प्रतिक्रिया दिदै उनले सो कुरा बताएका हुन्।

आफ्नो चुनावी प्रतिबद्धता अनुसार आजको एक हप्तामा फेवा ताल फराकिलो बनाउने र सोका लागि स्रोतको खोजि भैरहेको भन्दै पहारिले अब रफ्तारमा काम हुने बताए।

प्रदेश नम्बर ४ कै पर्यटनको मुटु फेवा विस्तारै पुरिएकोमा चिन्ता व्यक्त गर्दै उनले अब बोली मात्रै हैन व्यवहार र कामले देश समृद्धितिर अघि बढ्ने उनको भनाइ थियो। तालको संरक्षकत्व लिने भन्दै यसको संरक्षणका निम्ति खुलेका संस्थाहरुसँगको हातेमालोमा उक्त कार्य अघि बढ्ने पनि उनले बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय