scheduleआइतवार जेष्ठ २ गते, २०७८

जनावर जमेर मर्ने चिसोमा यसरी बाँच्छन् मानिसहरु

एजेन्सी, १२ माघ । हालै भाइरल भएको काजकस्तानको एउटा भिडियोले अहिले एकदमै चर्चा पाएको छ । उक्त भिडियोमा त्यहाँको गिर्दो तापमानले जीवहरुमा पुर्‍याएको असरलाई देखाइएको छ । त्यहाँको तापमान हाल माइनस ५६ डिग्रीसम्म झरेको छ । यसकारण त्यहाँका जनावहरु जमेर मर्न थालेका छन् ।

उक्त भिडियोमा अधिक जाडोका कारण एउटा कुकुर र खरायोलाई कुनै सुरक्षित स्थानको खोजीमा हिँडिरहेको देखाइएको छ । तर सुरक्षित स्थानको खोजीको प्रयासमा एउटा खाडलमा फसेँपछि ति जनावरहरुको त्यही जमेर मरेको भिडियो बाहिर आएको हो ।

यो समय संसारका धेरै देशहरु अधिक चिसोको समस्यासँग जुझिरहेका छन् । यस्तैमा पर्ने अर्को देश हो रुस । त्यहाँको एउटा शहर ओम्याकानको तापक्रम पछिल्लो हप्ता माइनस ६२ डिग्रीसम्मको पुगेको थियो । करिब ५ सय मानिसहरु बस्ने उक्त शहरमा जाडोबाट बच्न मानिसहरु मासु मात्र खाने गर्छन् । त्यहाँका बासिन्दाहरु मासुका लागि घोडा र मृगहरु मार्ने गर्छन् ।

चिसोका कारण त्यहाँ बलपेनको मसिदेखि ग्लासको पानी पनि जम्ने गर्छ । चिसोकै कारणले हालसम्म त्यहाँ फोन सेवा पनि सुचारु हुन सकेको छैन ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय