scheduleसोमवार मंसिर २३ गते, २०७६
Bajaj
Global IME

ब्राजिलको एक नाइट क्लबमा अन्धाधुन्ध गोली चल्दा १४ जनाको मृत्यु


एजेन्सी, १४ माघ । ब्राजिलको एक नाइट क्लबमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ । ब्राजिलको उत्तर–पूर्वी क्षेत्र फोरटाजेलास्थित फोर्रो डो गागा क्लबमा तीनवटा कारमा आएका बन्दुकधारीले अन्धाधुन्द गोली प्रहार गरी उनीहरुको हत्या गरेका हुन् ।

मारिनेमा दुई जना बालबालिका समेत रहेको बताइएको छ । हमलामा केही व्यक्ति घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । स्थानीय सञ्चारमाध्यमहरुले हमलामा लागूऔषध तस्करीमा संलग्न रहेकाहरु भएको जनाएका छन् ।

अघिल्लो वर्ष ब्राजिलको सिएरा प्रान्तमा ५ हजार १ सय १४ जनाको हत्या भएको थियो । सन् २०१५ मा पनि एक नाइट क्लबमा भएको आक्रमणमा ११ जनाको मृत्यु भएको थियो ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage