scheduleसोमवार भाद्र २ गते, २०७६

प्रचण्डको प्रश्न- एमालेले जनयुद्ध मान्छु भन्न किन नपाउने ? (भिडियो)


काठमाडौं, १४ माघ । माओवादी केन्द्र र नेकपा एमालेबीच एकता प्रक्रिया अगाडि बढिरहेको बेला माओवादी केन्द्रभित्र असन्तुष्टि बढेको छ । माओवादी केन्द्र निकट जनसांस्कृतिक महासंघका ईञ्चार्ज विश्वभक्त दुलाल आहुति र नेता बलराम तिमल्सिना विप्लव लगायतले एमालेसँग एकता प्रक्रियामा नजाने बताइरहेका छन् ।

यसैबीच जनसांस्कृतिक महासंघका नेताहरुलाई पेरिसडाँडा बोलाएर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रशिक्षण दिए र वाम एकताको औचित्य सिद्ध गर्ने प्रयास गरे । यो क्रममा उनले दुवै पार्टीले एकअर्कालाई सिध्याउन पनि खोजेको तर एकअर्काको अस्तित्व रक्षाको लागि सहयोगी भूमिकामा देखिएको तर्क अगाडि सारे । उनले आफ्ना असन्तुष्ट नेताहरुलाई प्रश्न गरे- केपी ओली र एमालेले जनयुद्ध मान्छु भन्न किन नपाउने ?

हेर्नुहोस् पूरा भिडियो

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित भिडियोहरु

आजको लोकप्रिय

Vianet
default-addImage