scheduleशनिवार मंसिर २१ गते, २०७६
Bajaj
Global IME Bank

भारतीय विदेशमन्त्री स्वराज नेपाल आउँदै, पूर्वराजा ज्ञानेन्द्र भारत जाँदै

काठमाडौं, १६ माघ। भारतीय विदेशमन्त्री सुषमा स्वराज दुई दिने भ्रमणका लागि नेपाल आउने भएकी छन् । भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै विदेशमन्त्री स्वराज दुई दिने नेपाल भ्रमणका लागि बिहीबार नेपाल आउन लागेको जनाएको छ ।

भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन भ्रमण हुन लागेको जनाएको छ । भ्रमणका क्रममा स्वराजले राजनीतिक दलका नेताहरुलाई भेट्ने कार्यक्रम रहेको छ ।

नेपालमा वाम गठबन्धनको नेतृत्वमा सरकार बन्ने अवस्था  भइरहेका बेला बिहीबार नेपाल आउन लागेकी स्वराज शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ ।

यस्तै पूर्वराजा ज्ञानेन्द्र शाह एक धार्मिक महोत्सवमा विशेष अतिथिकारुपमा सहभागी हुन माघ २२ गते भारतको ओडिसा जाने भएका छन् । ‘१४५औं श्रीमज्जगद्गुरु–शंकराचार्य स्वामिनिश्चलानन्दसरस्वती पट्टाभिषेक–पञ्चविंशतिवर्षपूर्ति महोत्सव’मा सहभागी हुन उनी ओडिसा जान लागेका हुन् ।

पूर्वराजा शाह करिब एक साता त्यहाँ रहने र सोहिक्रममा राजनीतिक भेटघाटसमेत गर्नसक्ने जनाइएको छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage