scheduleबिहिवार भाद्र ५ गते, २०७६

सुमार्गीको अर्बाैं रकम फुकुवा गर्न सर्वोच्चको आदेश

काठमाडौँ, २३ माघ । सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीको नेपाल राष्ट्र बैंकले रोक्का गरेर राखेको करिब रु दुई अर्ब २५ करोड लिनका लागि बाटो खुलेको छ ।

न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले आज बैंकले रकम रोक्का गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि बैंकबाट रकम लिनका लागि बाटो खुलेको हो ।

अदालतले आगामी फागुन २ गते दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेशसमेत गरेको छ । बैंकले पैसा रोक्का गर्दा उद्योगलाई क्षति पुगेकाले फुकुवाको माग गर्दै नेपाल स्याटलाइट टेलिकम कम्पनी प्रालिका तर्फबाट सुमार्गी र सुवासचन्द्र पौडेलले आइतवार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । रासस

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage