scheduleशनिवार कार्तिक २ गते, २०७६

प्रदेश नं. ६ : मुख्यमन्त्रीको विवाद टुंगियो, शाहीको नाममा सहमति

काठमाडौं, २४ माघ । प्रदेश नं. ६ को मुख्यमन्त्रीमा कालीकोट प्रदेश (ख) बाट निर्वाचित सांसद महेन्द्रबहादुर शाहीको नाममा सहमति भएको छ ।  पूर्व ऊर्जा मन्त्रीसमेत रहेका  शाहीलाई मुख्यमन्त्री बनाउन माअोवादीका सबै नेताहरु सहमत भएपछि विवाद टुंगिएको हो ।

मुख्यमन्त्री टुंगो लाग्न नसकेपछि  पूर्वगृहमन्त्रीहरु जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत सुर्खेत पुगेका  थिए । माअोवादी केन्द्रका एक नेताले भने-‘अनौपचारिक छलफल भएको हो, छलफलबाट महेन्द्रबहादुर शाहीका नाममा सहमति भएको छ तर अाैपचारीक घोषणा भने भएको छैन । ‘

अाैपचारिक घोषणा भने बिहिबार हुने स्रोतले बतायो ।  यस अघि नेताहरु नै महेन्द्र शाही र नरेश भण्डारी पक्षविपक्षमा विभाजित भएकोले मुख्यमन्त्रीको टुंगो लाग्न नसकेको हो ।

बाम गठबन्धनमा रहेको  माअोवादीले  प्रदेश ६ र ७ मा मुख्यमन्त्री पाएको थियो । प्रदेश ७ मा यस अघि नै डोटीका त्रिलोचन भट्ट सर्बसम्मत चयन भैसकेका छन् ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage