scheduleआइतवार आश्विन २६ गते, २०७६
Dashaian

वाम गठबन्धनमय बन्याे राष्ट्रियसभा निर्वाचन प्रदेश नं ६

सुर्खेत, २४ माघ । प्रदेश नं ६ मा आज भएको राष्ट्रियसभा सदस्य निर्वाचनको परिणम वाम गठबन्धनमय बनेको छ ।

वाम गठबन्धनका पाँच उम्मेदवार विजयी भएका छन् । जारी मतगणनामा अपाङ्ता/अल्पसंख्यकबाट नेकपा (माओवादी केन्द्र) का जीवनबहादुर बुढा र दलितबाट नरपति लुहार राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् ।

त्यसतै महिलातर्फ वाम गठबन्धनकै उम्मेदवार युटुल लामा, कविता बोगटी र नन्दा शर्माले निर्धारण गरेको मतभार कोटा क्रस गरेकाले उनीहरु विजयी बनेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

विजेता महिलाहरुमा एमालेबाट शर्मा र बोगटी हुन भने युटुल माओवादी केन्द्रकी हुन् ।
खुलातर्फको मतगणना जारी रहेकोले आज राती १२ बजेसम्ममा परिणाम आइसक्ने निर्वाचनको कार्यालयले जनाएको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage