scheduleशनिवार कार्तिक २ गते, २०७६

यमलाल कँडेल प्रदेश ६ एमाले संसदीय दलको नेतामा चयन

 

सुर्खेत, २५ माघ । नेकपा एमाले प्रदेश नम्बर ६ को संसदीय दलको नेतामा यामलाल कँडेललाई चयन गरिएको छ । बिहीबार बसेको संसदीय दलको बैठकले कँडेललाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो।

दलको नेताका लागि दाबी गरिरहेका अर्का सांसद प्रकाश ज्वालाको प्रस्तावमा नै कँडेललाई संसदीय दलको नेता चयन गरिएको सांसद पद्मा खड्काले जानकारी दिईन् ।

कँडेल नेकपा एमालेका पोलिट्ब्युरो सदस्य तथा प्रदेश नम्बर ६ का सह–संयोजक हुन् । उनी सुर्खेत क्षेत्र नम्बर २ (क)बाट निर्वाचित भएका हुन् ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage