scheduleआइतवार भाद्र ८ गते, २०७६

महिलालाई छाउगोठमा राख्नेलाई नगरपालिकाको यस्तो सजाय

फाइल फोटो

अछाम, २६ माघ । अछामको साँफेबगर नगरपालिकाले महिनावरी भएका बेला महिलालाई छाउ गोठमा राख्नेलाई नागरिकता सिफारिस नदिने भएको छ ।
नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले छाउ भएका वेला छाउ गोठमा राख्दा मृत्यु हुने क्रम बढ्दै गएपछि आफूले यस्तो निर्णय गर्न लागेको बताए । नगर प्रमुख कुँवरले नगर कार्यपालिकाको बैठकबाट महिनावरी भएका महिलालाई छाउगोठमा राख्नेलाई राज्यका सबै सुविधाबाट बन्चित गर्ने निर्णय गराउन लागेको जानकारी दिएका हुन् ।
कुँवरका अनुसार अब उक्त निर्णय भइसकेपछि नगरपालिकाबाट सेवा सुविधा लिँदा मेरा घरमा छाउगोठमा कोही बस्दैनन् भनेर प्रमाणपत्र पेश गर्नुपर्नेछ । छाउगोठले जिल्लामा विकराल समस्या लिदै गरेको भन्दै प्रमुख कुँवरले यसको अन्त्यको लागि कडा कदम चाल्न आवश्यक रहेको बताए ।
अछामका केही वडाहरु छाउगोठमुक्त वडा घोषणा पनि गरिए पनि छाउगोठमा बस्ने क्रम भने रोकिएको छैन । छाउगोठमुक्त घोषणा गरिएका वडाहरुमा महिलाले ज्यान गुमाउने क्रम रोकिन सकेको छैन ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage