scheduleशनिवार भाद्र ७ गते, २०७६

ज्ञानेन्द्रको दक्षिण दौडाहा किन ?

काठमाडौँ, २६ माघ । बेलाबखत विभिन्न निहुँमा भारत पुग्ने गरे पनि पूर्वराजा ज्ञानेन्द्र शाहको मुख्य एकमात्र उद्देश्य राजसंस्था फर्काउनु रहेको छ ।

उहाँले यसपटक भारत प्रस्थान गर्नुअघि रुखको पात मात्र झरेको तर जराले जमिन अँठ्याइरहेको भन्दै आफ्नो अभिव्यक्ति दिनुभयो ।

यसको अर्थ उहाँको दाबी राजसंस्थाको पातमात्र झरेको तर जरा बाँकी रहेको हो र राजसंस्था पुनः फर्कन सक्छ भन्ने हो ।

शाह यसपटक निकै उत्साही देखिनुभएको छ । उहाँको अभिव्यक्तिले यही जनाउँछ । उहाँले भारत प्रस्थान गर्नुभन्दा एक महिनाअघि आठ जनवरीमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट्नुभएको थियो । आदिन्त्यनाथसँग व्यक्तिगत सम्बन्ध रहेकाले शाहले महत्वपूर्ण राजनीतिक भेटघाटको चाँजोपाँजो मिलाउनुभएको चर्चा चलेको छ ।

भ्रमणमा राजनीतिक उद्देश्य रहे पनि उहाँ ओडिसामा धार्मिक कार्यक्रममा सहभागी हुनुभएको छ । स्थानीय भारतीय गाई संरक्षणहेतु आयोजित अन्र्तराष्ट्रिय गौ संबद्र्धन महोत्सवमा उहाँ सहभागी हुनुभयो । विमर्श साप्ताहिकमा खबर छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage