scheduleसोमवार जेष्ठ १२ गते, २०७७

प्रदेश ३ : एमाले स‍‌ंसदीय दलको नेताका लागि अाज निर्वाचन, पाण्डेले उम्मेदवारी नदिने

काठमाडौँ, २६ माघ । सहमति नभएपछि नेकपा (एमाले) प्रदेश नं ३ को संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुँदैछ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा हुने निर्वाचनका लागि अहिले उम्मेदवारी दर्ता चलिरहेको छ । हालसम्म डोरमणि पौडेल (मकवानपुर) ले उम्मेदवारी दर्ता गरेका  छन् भने पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य (काठमाडौँ) ले उम्मेदवारी दिने तयारी गरेकी छन् ।

Dish_Home

यसअघि चर्चामा रहेका राजेन्द्र पाण्डेले उम्मेदवारी नदिने बुझिएको छ । दलको नेता प्रदेशको मुख्यमन्त्री हुने भएकाले यो प्रतिस्पर्धा रोचक हुने देखिएको छ । मनोनयनपछि दिउँसो १२ः३० पछि निर्वाचन हुने सो पार्टीका पोलिटब्यूरो सदस्य एवं प्रदेशसभा सदस्य सानुकुमार श्रेष्ठले जानकारी दिए ।
रासस

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय