scheduleआइतवार मंसिर २९ गते, २०७६
Bajaj
Global IME

संसदीय दलको नेता बन्न प्रदेश ४ मा दुई गुरुङको भिडन्त आज

 

काठमाडौं, २८ माघ । प्रदेशस्तरीय संसदीय दलको नेता छान्न नेकपा एमालेले आज प्रदेशसभा संसदीय दलको बैठक बोलाएको छ । पहिला सहमति खोजिने र सहमति नभए चुनाव हुने बताइएको छ ।

बैठकले छानेको दलको नेता नै प्रदेश–४ को मुख्यमन्त्री बन्नेछन् । मुख्यमन्त्री बन्ने पक्का भएका कारण संसदीय दलको नेता बन्न एमालेका प्रदेश–४ संयोजक किरण गुरुङ र पार्टी केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङले लामो समयदेखि दावी गर्दै आएका छन् । लामो समयसम्मको बहसमा एमालेका नेता कार्यकताहरु दुई नेताको पक्ष र विपक्षमा विभाजित भएका छन् ।

प्रदेश ४ मा एमालेका २७ जना सदस्य छन् । दुईजना वरिष्ठ नेताबीच प्रतिस्पर्धा भएपछि कसलाई दलको नेता छान्ने भनेर बहस चलिरहेको नेताहरूको भनाइ छ । प्रतिस्पर्धी दुवैजना नेताले कुनै पनि हालतमा आफू दलको नेता हुनुपर्ने अडान राख्दै आएका छन् । दलको नेता छान्न माओवादी केन्द्रले पनि छलफल सुरु गरेको छ ।

प्रदेशमा माओवादी केन्द्रका १२ जना सदस्य छन् । भागबन्डमा सभामुख माओवादीलाई परेपछि दलका नेताका दुईजना प्रतिस्पर्धीमध्ये एकजनालाई सभामुख र अर्का एकजनालाई दलको नेता बनाउने गरी सहमतिको प्रयास भइरहेको माओवादी नेताहरुको भनाइ छ ।

प्रदेशभित्रको दोस्रो ठूलो दल कांग्रेसले पनि अहिलेसम्म संसदीय दलको नेता छानेको छैन । प्रदेश–४ को संसदीय दलको नेता चुन्ने जिम्मा गोपालमान श्रेष्ठलाई दिएको छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage