scheduleआइतवार आश्विन २६ गते, २०७६
Dashaian

प्रदेश ६ को सभामुखमा राजबहादुर शाही निर्विरोध

वीरेन्द्रनगर, २८ माघ । प्रदेश नम्बर ६ को सभामुखमा एमाले सांसद राजबहादुर शाही निर्विरोध निर्वाचित हुने भएका छन् । प्रदेश नम्बर ६ को संसद सचिवालयमा सभामुखको निर्वाचनका लागि दैलेख २ ख का सांसद शाहीको मात्र एक्लो उम्मेदवारी परेपछि उनी निर्विरोध हुने भएका हुन् ।

प्रदेशसभा सचिवालयले अपरान्ह २ बजेसम्म मनोनयन दर्ता गराउने कार्यक्रम रहेकोमा शाहीको मात्र एक्लो उम्मेदवारी परेको हो ।

शाहीको उम्मेदवारीमा एमाले पोलिटब्यूरो सदस्य तथा सल्यानका प्रदेशसभा सदस्य प्रकाश ज्वाला प्रस्तावक र माओवादी केन्द्र स्थायी समिति सदस्य तथा माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाही समर्थक रहेका छन् ।

प्रदेश नं ६ प्रदेशसभा सभामुखमा शाहीको एक्लो उम्मेदवारी परे पनि उनको उम्मेदवारी सोमबार अपराह्न १ बजे बस्ने प्रदेशसभा संसद्को बैठकमा निर्णयार्थ पेश हुनेछ ।

प्रदेश नं ६ मा माओवादी केन्द्रको नेतृत्वमा प्रदेश सरकार गठन हुने र प्रदेशको सभामुख एमालेले लिने वाम गठबन्धनबीच सहमति भएको थियो । माओवादी केन्द्रको संसदीय दलको बैठकले पार्टीका स्थायी समिति सदस्य तथा कालीकोटबाट प्रदेशसभा सदस्यमा निर्वाचित महेन्द्रबहादुरलाई मुख्यमन्त्री बनाउने गरी दलको नेतामा चयन गरिसकेको छ ।

सो प्रदेशमा एमालेका २०, माओवादी केन्द्रका १३, काँग्रेसका छ र राप्रपाका एक गरी ४० सांसद छन् ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage