scheduleमगलवार कार्तिक ४ गते, २०७७

सरकारलाई निर्माण व्यवसायी महासंघकाे १५ दिने अल्टीमेटम

रकम भुक्तानी नगरे दुर्इसय अर्ब रकम बराबरकाे काम राेक्ने चेतावनी

विराटनगर, २८ माघ । नेपाल निर्माण व्यवसायी महासंघले नेपाल सरकारसँग विभिन्न निर्माण कार्य गरेबापत रु ४४ अर्ब रकम लिन बाँकी रहेको जनाएको छ । उक्त रकम आगामी १५ दिनभित्र भुक्तानी नभए रु २०० अर्ब बराबरको नेपाल सरकारका राष्ट्रिय गौरवका आयोजनालगायत अन्य विभिन्न निर्माण कार्य बन्द गर्ने निर्माण व्यवसायी महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठले चेतावनी दिए ।

विराटनगरमा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले सरकारअन्तर्गत सडक डिभिजनलगायत निर्माण कार्य गराउने कार्यालयमा तालाबन्दी गर्ने चेतावनीसमेत दिए ।

महासंघका महासचिव रामशरण देउजाले निर्माण सामग्रीमा भएको मूल्यवृद्धि अविलम्ब घटाउनुपर्ने वा ऐन कानूनमा उल्लेख भएअनुसार १० प्रतिशतभन्दा बढी मूल्यवृद्धि भएअनुसार क्षतिपूर्ति उपलब्ध गराउन माग गरे । उनले निर्माण व्यवसायीलाई भारतलगायत अन्य देशबाट भन्सार छुटमा निर्माण सामग्री आयात गर्न व्यवस्था हुनुपर्ने माग गरे ।

हाल निर्माण महासंघअन्तर्गत १२ हजार ५०० निर्माण व्यवसायी तथा संघअन्तर्गतको कार्यमा ११ लाख व्यक्तिले रोजगार पाइरहेको महासचिव देउजाले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay