scheduleमगलवार आश्विन २८ गते, २०७६

२ करोडको लगानीमा बनेको कृषि फर्म उद्घाटन

दाङ, २ फागुन । पश्चिम दाङमा २ करोड बढिको लगानीमा बनेको कृषि फर्म उद्घाटन गरिएको छ । एक कार्यक्रमकाबीच साना तथा मझौला कृषि आयस्तर वृद्धि आयोजना (रिजम)का निर्देशक गोकर्णराज अर्यालले तुलसीपुर ८ अश्वारामा रहेको शिवमाया बहुउदेश्यीय कृषि फर्मको उद्घाटन गरेका हुन् ।

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न केराबाट उत्पादित चिप्स, अचार र विभिन्न परिकारका नमकिनहरु उत्पादन गर्न सुरु गरेको फर्मले औपचारिक रुपमा आफ्ना उत्पादनहरुलाई बजारमा ल्याउन सुरु गरेको छ । तुलसीपुरको उत्पादनलाई देशभरका बजारमा लैजानका लागि आफुहरुले फर्ममा संचालन गरेको संचालक भागवत कमलापुरीले जानकारी दिए । उनका अनुसार स्थानीय कृषकहरुको उत्पादनलाई आफ्नो फर्ममा खपत गरेर उपभोक्तासम्म पुर्याइनेछ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage