scheduleआइतवार मंसिर २२ गते, २०७६
Bajaj
Global IME Bank

डग्लस हाइस्कुल गोलीकाण्डका अारोपी १९ वर्षिय पूर्व विद्यार्थी पक्राउ

एजेन्सी, ३ फागुन । अमेरिकाको फ्लोरिडा राज्यस्थित मर्जरी स्टोनमेन डग्लस हाइस्कुलमा गोली चल्दा १७ जनाको मृत्यु भएको त्यहाँका प्रहरीले बताएका छन् ।

घटना लगत्तै प्रहरीले विद्यालयकै एकजना १९ वर्षिय पूर्व विद्यार्थीलाई आक्रमणको आशंकामा गिरफ्तार गरेका छन् । निकोल क्रुज नाम गरेका ति किशोरलाई केहि समयअघि विद्यालयबाट निष्कासन गरिएको बताइएको छ ।

ती किशोरले विद्यालयमा रहेको आगलागी जनाउने एउटा आकस्मिक स्विच थिचेर त्यहाँ अस्तव्यस्ता सृजना गरेका थिए । त्यस लगत्तै उनले अन्धाधुन्दा गोली चलाएको सुरक्षा निकायहरुले सीबीएस समाचारलाई बताएका छन् ।

ती १९ वर्षिय किशोरलाई अज्ञानता र अनुशासनहिन जस्ता कारणहरुले विद्यालयबाट निष्कासन गरिएको थियो । त्यहाँबाट उनी ब्रोवार्ड काउन्टी विद्यालयमा भर्ना भएका थिए । प्रहरी तथा उनका पूर्व सहपाठीहरुले क्रुज एकदमै पीडक विद्यार्थी भएको बताए । ती सहपाठीहरुका अनुसार उनी एकदमै बन्दुक मनपराउथे । फ्लोरिडाका दुई कंग्रेस सिनेटरहरुका अनुसार क्रुजले विद्यालय छिर्ने समयमा ग्याँस मास्क लगाएका थिए । उनले एउटा राइफल, स्मोक ग्रिनेड्सहरु बोकेका थिए ।

पूर्वाग्रहका कारणले पनि ती किशोरले त्यस्तो गरेको हुनसक्ने प्रहरीले बताएका छन् ।

गोली लागि अन्य १४ विद्यार्थीहरु घाइते भएका छन् । उक्त घटनाको अनुसन्धानमा हाल अमेरिकी संघीय जाँच निकाय एफबीआइले पनि मद्दत गरिरहेको छ ।

अमेरिकामा २०१३ देखि विद्यालयमा गोली हानीएको २९१ घटनाहरु भएका छन् । यस घटनालाई भने २०१२ पछिको ठूलो घटनाको रुपमा हेरिएको छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage