scheduleशनिवार आश्विन ४ गते, २०७६

प्रदेश नम्बर ७ का मुख्यमन्त्री भन्छन- समृद्धिको यात्रा यहीबाट सुरु हुन्छ

डोटी, १० फागुन । प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले अब बिकास र सम्बृद्धिको यात्रा यहीबाट सुरु हुने बताएका छन् ।

१२ दिनदेखि दिपायलमा जारी ७ नम्बर प्रदेशको प्रादेशिक महोत्सवको समापन कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले विकासको नाममा सुदूर मानिएको ७ नम्बर प्रदेशबाट नै बिकासको अभियान सुरु हुने दावी गरेका छन् ।

मुख्यमन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक गृह जिल्ला डोटी पुगेका मुख्यमन्त्री भट्टले भने, ‘७ नम्बर प्रदेशमा हालसम्म बिकास नभएको सत्य हो, यस प्रदेशमा अथाह सम्भावना छन्, हामी तिनै सम्भावनालाई उजाकर गर्दै बिकास र सम्बृद्धिको अभियान प्रारम्भ गछौं ।’

लामो संघर्षपूर्ण इतिहासपछि देशमा स्थायी सरकार बनेसँगै अब बिकासको अभियान प्रारम्भ मुख्यमन्त्री भट्टले उल्लेख गरे । उनले भने, ‘संबिधानसभाबाट संबिधान जारी भएर कार्यान्वयनको अवस्थामा छ, देशमा तीन तहका सरकार बनेका छन, हामीले आफ्नो प्रदेशको सरकार आफै निमार्ण गरेका छौं, बिकास ७ नम्बर प्रदेशबाट सुरु हुन्छ ।’

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage