scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

‘दिउँसै विवाह गर्नुहोस्, पुरस्कार लैजानुहोस्’

रौतहट, १३ फागुन । रौतहटको कटहरीया नगरपालिका वडा नं ७ बगहीका वडा अध्यक्ष हरि भजन साहले दिनमा विवाह गर्नेलाई ईनाम दिने घोषणा गरेका छन् ।

बगहीका वडा अध्यक्ष साहले दिनमा विवाह गरेमा केटी पक्षलाई नगद १० हजार र केटा पक्षलाई ५ हजार रुपैयाँ ईनाम दिने घोषणा गरेका हुन् । परापूर्वकालदेखि नै तराई मधेशका जिल्लामा रातिमा मात्रै विवाह हुँदै आएको छ ।
यहाँ बसोबास गर्ने मधेशी समुदायका छोरा छोरीको विवाह रातिमा हुने गरेपनि पहाडि समुदायका छोरा छोरीको विवाह भने दिनमा नै हुने गर्छ । रातिमा बिहे हुँदा जन्ती आउने यूवाहरु रक्सी सेवन गरेर झै झगडा र कुटपिट हुने प्रवृति बढेकाले यसलाई नियन्त्रण गर्न यस्तो निर्णय लिएको वडा अध्यक्ष साहले बताए ।
दिनमा बिहे गर्दा हुने झै झगडा र कुटपिटको घटना रोकिने उनको भनाइ छ ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय