scheduleमगलवार कार्तिक ११ गते, २०७७

चैतमा नयाँ पार्टी घोषणा: उपाध्यक्ष रावल

काठमाडौँ, १५ फागुन । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले आगामी चैतको पहिलो हप्ताभित्रै वाम गठबन्धनको एकतागरी नयाँ पार्टी घोषणा हुने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उपाध्यक्ष रावलले फागुनको अन्तिम हप्ताभित्रै एमाले–माओवादी केन्द्रबीचको एकतासम्बन्धी अन्तरिम विधान र राजनीतिक प्रतिवेदन टुंगो लगाउने र चैतको पहिलो हप्ताभित्रै पार्टी एकतापछि पार्टीको नयाँ नाम राख्ने बताएका हुन् ।

एक वर्षभित्रै एकता महाधिवेशन सम्पन्न गर्ने बताउँदै उपाध्यक्ष रावलले भने, “दुईवटा अलग–अलग पार्टी एकताको प्रक्रियामा भएकाले हामीहरु दुबै कार्यदल आन्तरिक कार्यमा छौँ, अन्तरिम विधान लेखन शुरु गरिसकेका छौँ, राजनीतिक प्रतिवेदन पनि सँगसँगै अघि बढाइरहेका छौँ ।”

विधान र प्रतिवेदन टुंगो लागेपछि एकता संयोजन समितिबाट अनुमोदन गर्ने र त्यसपछि दुवै पार्टीले आ–आफ्नो केन्द्रीय कमिटीबाट अनुमोदन गरिने जानकारी दिँदै छिट्टै मन्त्रिमण्डलले पूर्णता पाउने उनले बताए ।

उपाध्यक्ष रावलले बजेटको पनि तयारी गर्नुपर्ने हुँदा सरकारलाई पूर्णता दिन विलम्ब गर्न नहुने उनले बताए । राष्ट्रपति कसलाई बनाउने भन्नेबारे अहिले कुनै निर्णय भई नसकेको भन्दै त्यसबारे स्थायी कमिटी र माओवादी केन्द्रसँग पनि छलफल गर्नुपर्ने उनले बताए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay