scheduleआइतवार मंसिर २२ गते, २०७६
Bajaj
Global IME Bank

फ्याँकिएको बच्चा भेटाएपछि आफैलाई ज्यानको धम्की

एजेन्सी, १७ फागुन । उत्तर प्रदेशस्थित मुरादावाद जिल्लाको कुल्लाडा गाउँमा जेयदा नाम गरेकी एकजना महिलाले फोहोरको थुप्रोबाट एउटा बच्चीलाई फेला पारेकी छिन् । करिब ६ महिनाको त्यस बच्चीलाई त्यहाँ जानीजानी नै फ्यालिएको हुनसक्ने जेयदाले बताइन् ।

बच्चीलाई उठाएर आफ्नो घरमा लगेपछि उनले प्रहरीलाई त्यसबारे खबर गरिन् । प्रहरीले त्यस बच्चीलाई स्वास्थ्य परिक्षण पछि चाइल्ड वेलफेयर कमिटिको जिम्मा लगाए । वेलफेयर कमिटिले पनि बच्चालाई रामपुर चिल्ड्रेन्स होममा पठाएको थियो ।

नितु सक्सेना नाम गरेकी चाइल्ड वेलफेयर कमिटिकी एकजना सदस्यले आफुलाई एउटा अज्ञात नम्बरबाट फोन आएको बताइन् । फोन गर्ने त्यस अज्ञात व्याक्तिले बच्चीको वास्तविक बुवा आमालाई आफूले चिनेको भन्दै नितुलाई एउटा नम्बर दिएका थिए । नितुले उक्त नम्बरमा कल गरेपछि एकजना महिलाले पोन उठाइन् र तत्कालै फोन स्विच अफ गरिन् ।

त्यसपछि पुनः त्यही अज्ञात व्याक्तिले नितुलाई अर्को नम्बर दिए । तर अर्को नम्बर पाए लगत्तै नितुलाई पुनः अर्कै अज्ञात व्यक्तिले फोन गर्‍यो । त्यस अज्ञात व्यक्तिले उनलाई यदि आफ्नो खोजी कार्य बन्द नगरे मार्ने धम्की दिएको उनले बताइन् ।

त्यस अज्ञात व्यक्तिले उनलाई नम्बर दिएर खोजीमा सहयोग पुर्‍याइरहेको व्यक्तिलाई पनि मारिसकेको बताएको थियो ।

 

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage